के तपाइकाे मुख/श्वास गनाउँछ ? कारण तथा उपचार विधि जान्नुहाेस

डा. रुवी दास / डा. सुवास घिमिरे

मुख गनाउने समस्या व्यक्तिगत भए तापनि समाजमा यसले त्यस व्यक्तिको व्यक्तित्वमा पनि नराम्रो प्रभाव पार्छ। मुख गनाउने समस्या भएका मानिस अलि कमजोर र मानसिकरूपमा डिप्रेसनमा हुन्छन्। त्यसैले योे समस्या सानो भए पनि यसले शरीरमा भएको रोग र मुखभित्र भएका रोग पत्ता लगाउन मद्दत गर्छ।

आफ्नो श्वास आफैंलाई गनाउने भयो भने दन्तचिकित्सकसँग सल्लाह लिनुपर्छ। स्मरण रहोस्, मुख गनाउने समस्या लामो समयदेखि छ भने मुख वा अन्य ठाउँमा क्यान्सर पनि भएको हुन सक्छ। मुख गनाउने समस्या भनेको नराम्रो अथवा नमीठो गन्ध आउनु हो जसले मुख स्वास्थ र शरीर स्वास्थ राम्रो छैन भन्ने दर्शाउँछ।

मुख गनाउने कारण

  • १. खानेकुरा (जस्तै– प्याज, लसुन, मसला),
  • २. पानी कम पिउनाले,
  • ३. जिब्रो सफा नगर्नाले,
  • ४. कफी धेरैप्रयोगले,
  • ५. सहीतरिकाले ब्रसिङ र फलसिङ नगर्नाले,
  • ६. नक्कली दाँत राम्ररी सफा नगर्नाले,
  • ७. एउटै ब्रस धेरै समय प्रयोग गर्नाले,
  • ८. टनसिको ढुंगाले गर्दा,
  • ९. खानापछि  कुल्ला नगर्दा,
  • १०. चिनीयुक्तचुइगम प्रयोगले,
  • ११. गुलियोधेरै खाँदा,
  • १२. गिजा सुन्निएर पाइरिया भएमा, 
  • १३. पिनासको संक्रमण भएमा,
  • १४. धूमपान गरेमा,
  • १५. मद्यपान धेरै गरेमा,
  • १६. दाँत कीराले खाएर खाल्डो भएमा,
  • १७. दाँत तथा मुखको उपचार गराउँदा राम्रोसँग मुख सफा नराख्दा,
  • १८. घाउ÷खटिरा मुखभित्र भएमा,
  • १९. टन्सिलाइटिस भएमा,
  • २०. सुतेका बेला घुरेमा,
  • २१. एसिडिटी भएमा,
  • २२.स्वास नलीमा संक्रमणभएमा,
  • २३. फोक्सोमा संक्रमणभएमा,
  • २४. खाने नलीमा घाउभएमा,
  • २५. पेटमा  घाउछ भने,
  • २६. शरीरमा चिनीको मात्रा धेरै भएमा,
  • २७, पेट, फोक्सो, खानेनलीमा क्यान्सर भएमा,
  • २८. नाइट्रेटस्  सिल्पिङ ट्याब्लेट आदि प्रयोग गर्नाले,
  • २९. जोग्रेनसिन्ड्रोमरोग लागेमा,
  • ३०. मुखको संक्रमण भएमा,
  • ३१. कलेजोले काम नगरेमा,
  • ३२. मिर्गाैला फेल भएमा,
  • ३३. रेडियोथेरापी, क्यान्सरको उपचार गराएमा पनि।

उपचार विधि

  • १. मुख गनाउने खानेकुरा सकेसम्म बाहिर हिँड्दा नखाने किनकि यो ब्रस र फ्लस गर्दा पनि जाँदैन।
  • २. पानी पर्याप्त पिउने जसले शरीरमा सन्तुलन गर्छ र मुख सुक्खा हुन्न।
  • ३. टङ क्लिनरले जिब्रोलाई नियमित सफा राख्ने।
  • ४. कफी र गुलियो खानेकुरा कम गर्ने।
  • ५. सही तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने।
  • ६. नक्कली दाँतको उपचार गर्दा अझ खाना अड्किने,राम्रो सफा नहुनेलाई राम्रोसँग सफा  गर्ने।
  • ७. एउटै ब्रस ३ महिनाभन्दा बढी प्रयोग नगर्ने।
  • ८. टन्सिलको ढुङ्गाको उपचार गर्ने।
  • ९. खाना खाएपछि कुल्ला गर्ने।
  • १०. गुलियो अथवा चकलेट, चुइगम कम प्रयोग गर्ने।
  • ११.गिजा सुन्निए उपचार गर्ने।
  • १२. पिनास, टन्सिलको उपचार गर्ने।
  • १३. धूमपान अथवा सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने।
  • १४. दन्ते  सडनको उपचार  गर्ने।
  • १५. घाउ/खटिरा र रातो, सेतो प्रकारका घाउको उपचार गर्ने।
  • १६. मुखमा क्यान्सर छ भने उपचारगर्ने।
  • १७. मुखमा अम्लको मात्रा आउन नदिने।
  • १८. खानपान र पेटको उपचार सही ढंगले गर्ने।
  • १९. स्वास प्रस्वास नली र फोक्सोको समस्या छ भनेउपचार गर्ने।
  • २०. डाइबेटिज नियन्त्रणमा राख्ने।
  • २१. नियमितरूपमा दन्त चिकित्सकलाई देखाउने।

— नागरिक दैनिकबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *