ज्योति विकास बैंकको प्रगतिमा उछालः खुद नाफा ११७ प्रतिशत, इपिएस झण्डै दाेब्बर

Investopaper, मंसिर ०२, २०७६

ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ११७.६७ प्रतिशत र इपिएस झण्डै दाेब्बर बढाएकाे वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले १३ करोड ७९ लाख रुपैंया खुद नाफा आर्जन गरेको छ। गत साेही अवधिमा बैंककाे खुद नाफा ६ कराेड ३४ लाख थियाे ।

बैंकको तीन महिनाको वितरयोग्य मुनाफा भने ३ करोड ७ लाख मात्र रहेको छ। प्रकाशित वित्तीय विवरण अनुसार बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८१ पैसा कायम भएको छ। गत आवको यसै अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७८ पैसा थियो।

समीक्षा अवधिमा ३० अर्ब ७२ करोड ५२ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले २६ अर्ब १८ करोड ७१ लाख रुपैंया कर्जा परिचालन गरेको छ। गत यसै अवधिमा बैंककाे निक्षेप २९ अर्व २३ कराेड ८९ लाख र कर्जा लगानी २५ अर्व ५८ कराेड २९ लाख रहेकाे थियाे ।

यस अवधिमा बैंकले व्याज आम्दानीमा उछाल ल्याएकाे छ । गत वर्षको यसै अवधि २० कराेड ९८ लाख खुद व्याज आम्दानी गरेको थियाे भने यस अवधिमा १५ करोड ९८ लाख रुपैयाँ धेरै अर्थात ३६ करोड ९६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ।

ज्याेती विकास बैंकका प्रमुख बित्तीय सूचकांकहरूः

  • बैंककाे चुक्ता पूँजी ३ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
  • जगेडा कोषमा ३१ करोड ७७ लाख रुपैयाँकाे व्यवस्था गरिएकाे छ ।
  • प्रतिशेयर अाम्दानी १७ रूपैयाँ ८१ पैसा रहेकाे छ ।
  • बैंकको निष्क्रिय कर्जा अनुपात ०.३९ प्रतिशतबाट ०.८३ प्रतिशतमा बढेको छ।
  • कर्जा निक्षेप अनुपात ७७.१९ प्रतिशत कायम गरेकाे छ ।
  • बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ५१ पैसा छ।
  • आधारदर ११.२४ प्रतिशत रहेकाे छ ।
  • कोषको लागत ८.३९ प्रतिशत र
  • तरलता अनुपात २५.८७ प्रतिशत रहेकाे छ ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *