मेरो माइक्रोफाइनान्सको साधारणसभा सम्पन्नः बोनस पारित, एक सञ्चालक चयन

Investopaper, मंसिर ०३, २०७६

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । उक्त सभाले ३० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ ।

यसका साथै वार्षिक साधारण सभाले वित्तीय संस्थामा ज्ञानुकृष्ण अधिकारी सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक चयन गरेको छ।

दश प्रवद्र्धक बैङ्कका प्रतिनिधि सहभागी रहेको सो सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७५/७६ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ।

लघुवित्तकाे साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७५/७६ को संस्थाको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्षले संस्थाले ७ अर्ब ४१ करोड ऋण लगानी गरी १५ करोड ६८ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए ।

हाल चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको संस्थाले बोनस शेयर वितरण पश्चात ८५ करोड ५१ लाख कायम हुने छ ।

नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि गरिरहेकाे लघुवित्तकाे हाल १११ शाखा कार्यालयमार्फत ५६ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ भने १ लाख भन्दा बढी विपन्न घर परिवारलाई लघुवित्तीय सेवा दिइरहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *