फाेर जी प्रवर्धनकाे लागि साइकल र्याली तथा अन्तरक्रिया
Investopaper, मंसिर ११, २०७६
नेपाल टेलिकमले नेपालभर फोरजी सिमकाे प्रबर्धनकाे लागि पशुपतिनाथ मन्दीरदेखि सिन्धुलीसम्म साइकल र्याली तथा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गत मंसिर ६ देखि काठमाडौंको पशुपतिनाथ परिसरबाट प्रारम्भ भई जनकपुरमा पुगेर मंसिर ९ गते समापन भएको साइकल र्याली ‘राइड थु्र सिन्धुलीगढी’ र सांस्कृतिक कार्यक्रमको अवसरमा सिन्धुलीका स्थानीयवासी बीच सिम वितरण गर्नुका साथै सेवा तथा छुटहरुको वारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रम सिन्धुलीको मुलकोट, खनियाखर्क, सिन्धुलीमाढी र बलेनीका स्थानीय वासीहरुमाझ गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ परिसरबाट कम्पनीको लोगो अंकित झण्डा भएको साइकल कुदाएर शुरुवात गर्नुभएको सो र्याली र सांस्कृतिक कार्यक्रममा कम्पनीले सिम वितरण तथा व्यापार प्रवद्र्धन कार्य गरेको हो । र्यालीमा विश्व साइकल यात्री पुष्कर शाहको समेत सहभागीता रहेको थियो ।

तत्कालीन नेपालमाथि आक्रमण गरेका बेला सिन्धुलीगढीमा सानो समूहको नेपाली सेनाले ४ हजारभन्दा बढी अंग्रेज सेनामाथि विजय प्राप्त गरेको सम्झनामा संवृद्ध सिन्धुली अभियानद्वारा विजय उत्सवका रुपमा आयोजित साइकल र्यालीका अवसरमा सो कार्यक्रम गरिएको थियो ।
कम्पनीले सहप्रायोजन गरेको साइकल र्यालीका क्रममा मुलकोट र सिन्धुलीमाढीमा आयोजित विशाल सांस्कृतिक कार्यक्रममा कम्पनीको स्टल राखी सेवा प्रवद्र्धनका कार्य गरिएको थियो । सो अवसरमा विशेषतः कम्पनीका सेवा, छुट र फोरजीका बारेमा उपभोक्ताबाट राखिएका जिज्ञासालाई सम्बोधन गरिएको नेपाल टेलिकमद्वारा जारि प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
