स्वयम्भु शाखाकाे अनियमितता सम्बन्धमा कृषि बैंककाे विज्ञप्ति
Investopaper, मंसिर ११, २०७६
कृषि विकास बैंककाे स्वयम्भु शाखामा २०७१ सालमा भएको अनियमितता सम्बन्धमा कृषि विकास बैक लि. मुख्य कार्यालयले प्रेस विज्ञप्ति जारि गरेकाे छ । विज्ञप्तिकाे अाशय ग्राहककाे निक्षेपमा कुनै हानीनाेक्सानी नपेगेकाे तथा अख्तियारले छानविन गरि दाेषीहरू माथि बिगाे सहित मुद्दा दायर भएकाे उल्लेख गरिएकाे छ ।
विज्ञप्तिः
कृषि विकास बैंक लि. स्वयम्भु शाखामा तत्कालिन कार्यरत कर्मचारी केदार गौतमबाट बैंकको आन्तरीक रेमिट खाताको दुरुपयोग गरी करिब ३४ करोड रकम हिनामिना गरेको देखिएको सन्दर्भमा केदार गौतम लगायत अनियमित कार्यमा संलग्न अन्य व्यक्तिलाई बैकिङ्ग कसुर अन्तर्गत अदालतमा मुद्दा चलिरहेको र केदार गौतम लगायत अनियमिततामा संलग्न व्यक्तिहरुले कैद भोगिरहेका छन ।
उक्त हिनामिना भएको रकममा बैंकका कुनै पनि निक्षेप ग्राहकहरुबाट राखीएको निक्षेपको दुरुपयोग तथा हिनामिना नभएको तथा निक्षेप ग्राहकहरुको निक्षेप पूर्ण सुरक्षीत रहेको छ । हालसालै उल्लेखित विषयमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानविन भै तत्कालिन बैकमा कार्यरत कर्मचारी केदार गौतम लगायत अनियमिततामा संलग्न विरुद्ध भ्रष्टाचार मुद्धा समेत दायर भएको छ ।
