सन् २०१८ मा एड्सबाट दैनिक ३२० को मृत्यु – संयुक्त राष्ट्रसंघ

मंसिर १३, २०७६

संयुक्त राष्ट्रसंघ — सन् २०१८ मा एड्स रोगका कारण औसतमा दैनिक ३ सय २० बालबालिका र किशोरकिशोरीको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

राष्ट्रसंघीय निकाय युनिसेफले सार्वजनिक गरेको विश्वभरिको तथ्यांकअनुसार हरेक घन्टा १३ जनाको मृत्यु हुने गरेको हो । पर्याप्त उपचारको व्यवस्था नहुनु, उपचारमा पहुँचको अभावलगायत कारणले उनीहरूको मृत्यु भएको प्रतिवेदनमा छ ।

सन् २०१८ मा १४ वर्षसम्मका ५४ प्रतिशत (७ लाख ९० हजार) बालबालिका एचआईभीसहित बाँचेका छन् । उनीहरूले विभिन्न उपचार विधि अपनाएको युनिसेफले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

बिरामीलाई औषधि उपचारका लागि सबैभन्दा धेरै पहुँच दक्षिण एसियामा रहेको पाइएको युनिसेफले जनाएको छ । दक्षिण एसियामा ९१ प्रतिशत बिरामीको पहुँच छ भने त्यसपछि धेरै मध्यपूर्व र उत्तर अफ्रिकामा देखिएको छ । त्यहाँ ७३ प्रतिशत बिरामीको पहुँच देखिएको छ ।

त्यसैगरी पूर्वी तथा दक्षिण अफ्रिका, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा ६१ प्रतिशत, ल्याटिन अमेरिका, क्यारेबिनमा ४६ प्रतिशत र पश्चिम तथा मध्य अफ्रिकामा २८ प्रतिशत बिरामीलाई मात्रै औषधि उपचारमा पर्याप्त पहुँच भएको युनिसेफले जनाएको छ ।

सन् २०१८ मा एचआईभी एड्सबाट संक्रमित भएका नौ वर्षसम्ममा एक लाख ६० हजार नयाँ बिरामी थपिएका छन् ।

— एएफपी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *