बैंकमा नयाँ खाता, प्रिपेड सिम निःशुल्क

मंसिर १३, २०७६

राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराइने भएको छ । यस सम्बन्धी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच २०७६ मंसिर १२ गते सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

सम्झौता समारोहमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकको सबभन्दा ठूलो दूरसञ्चार कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको राष्ट्रिय बाणिज्य बैंकबीचको सहकार्यले दुवै संस्थाको व्यवसाय अभिवृद्धि हुनुका साथै कार्यक्षमतामा समेत बढोत्तरी हुने बताउनु भयो । उहाँले दुई संस्थाको सहकार्यबाट डिजिटल अर्थतन्त्र निर्माणका लागि प्रभावकारी वातावरण बन्नुका साथै मुलुकभरका जनता वित्तीय पहुँचमा पुग्ने उल्लेख गर्नुभयो ।

सोही कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २ करोडभन्दा बढी ग्राहक संख्या भएको नेपाल टेलिकम र ३० लाख बढी सेवाग्राही भएको राष्ट्रिय बाणिज्य बैंकबीच भएको यो सम्झौताले आम सेवाग्राहीहरु वित्तीय र प्रविधिगतरुपले निकै लाभान्वित हुने बताउनु भयो । उहाँले यो सहकार्यबाट दुवै संस्थाले व्यावसायमा समेत ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

बैंकले मुलुकभर भएका २ सय ३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निः शुल्क रुपमा उपलब्ध गराउने छ । सो सिममा ५० रुपैयाँ टक भ्यालु समेत हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *