‘गोल्डन टेस्ट’ मा नेपाली रेस्टुराँ ‘मेजोँ द हिमालय’ दोस्रो

Investopaper, मंसिर १५, २०७६

पेरिस — फ्रान्सको एसोन क्षेत्रमा नेपालीहरूले सञ्चालन गर्दै आएको एक रेस्टुराँले पापी दोर (गोल्डन टेस्ट) पुरस्कारमा दोस्रो स्थान हासिल गरेको छ  । विश्वभरका विदेशी रेस्टुराँहरू सहभागी प्रतिस्पर्धामा नेपाली रेस्टुराँ ‘मेजोँ द हिमालय’ दोस्रो भएको हो  ।

विश्वभरका विदेशी रेस्टुराँहरू सहभागी प्रतिस्पर्धामा नेपाली रेस्टुराँ ‘मेजोँ द हिमालय’ दोस्रो भएको हो । फ्रान्समा आ–आफ्ना देशका खाना बनाउने रेस्टुराँको खाना, सेवा, पहिरन, कच्चा पदार्थको स्तर, प्राविधिक ढाँचा, स्वागतलगायत विषयको परीक्षणपछि जुरीले पुरस्कार विजेताको घोषणा गर्ने गर्छन् ।

तीन तहका परीक्षणमा सुरुमा रेस्टुरेन्टमा खान आउने ग्राहकबाट गोप्य तरिकाले जाँच लिने गरिन्छ । त्यसैगरी, दोस्रो तहमा परीक्षणमा पाक विज्ञ, परीक्षणकर्ताले रेस्टुरेन्ट सञ्चालकलाई जानकारी नदिई जाँचबुझ तथा परीक्षण गर्ने तथा तेस्रो तहमा विशेषज्ञले ग्राहकका रूपमा रेस्टुराँको खाना खाने गर्छन् ।

पुरस्कार विजेता घोषणाअघि ५ सय ९३ रेस्टुराँको खाना चाखिएको जनाइएको छ । पुरस्कार ग्रहण गरेपछि रेस्टुराँ सञ्चालकमध्येका एक चितवनका रविन शर्मा ओलीले आफूमा थप हौसला बढेको बताए । उनले भने, ‘सयौं रेस्टुरेन्टमा प्रतिस्पर्धा गरेको । जितिएला भन्ने लागेको थिएन । जुरीको निर्णय सुन्दा थप हौसला बढेको छ ।’ याे समाचार कान्तिपुर दैनिकमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *