पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो, एलपी ग्याँस र हवाई इन्धनकाे यथावत

मंसिर १७, २०७६

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । एलपी ग्याँस र हवाई इन्धनको हकमा भने मूल्य यथावत राखिएकाे छ ।

भारतिय आयल कर्पोरेसन(आइओसी)ले पठाएको नयाँ मूल्य सूचि अनुसार इन्धनको मुल्य बढेको जनाउँदै निगमले यहाँपनि मूल्य बढाएको हो । नयाँ खरिद मूल्यमा केही बढेकाले सोमबार राती १२ बजेदेखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविक बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएकाे निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

नयाँ मूल्य सूचि अनुसार उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ९ रुपैयाँ, डिजेल र मटितेलको ९७ रुपैयाँ तोकिएको छ। आईओसीले प्रत्येक महिनाकाे १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *