धनाढ्यलाई धनकाे के कमि ? हिटलरको टोपीलाई ७२ करोड रुपैयाँ !

स्विट्जरल्याण्ड — नाजीबादी नेता एडोल्फ हिटलरको ह्याट (टोपी) र केही समाग्री छ लाख स्वीस फ्र्यांक (करिब ७२ करोड रुपियाँ) मा स्वीस धनाढ्यले खरीद गरेका छन् । स्विट्जरल्याण्डको जेनेभाका व्यापारी अब्दला चाटिलाले हिटलरको ह्याट, टाइपराइटर, सिगार (चुरोट) राख्ने बट्टा र मेइन काम्फ भनिने हिटलरको विलासीपूर्ण पुस्तक किनेका हुन् ।

स्विट्जरल्याण्डको ल आताँ दिमँस अखबारलाई अन्तर्वार्ता दिँदै उनले हिटरलरका सामानहरु नाजीको प्रोपोगाण्डा मच्चाउन, कुनै समूदायको बदनाम गर्न र यहुदी विरोधी अभियानकर्ताहरुले प्रयोग गर्न नपाउन् भन्ने उद्देश्यले आफूले किनेको बताए।

‘युरोपमा यहुदी विरोधी, नाजीवादी, एकले अर्कोलाई बदनाम गर्नेहरुको संख्या बढिरहेको छ। त्यस्ता समूहले हिटलरका सामानहरु दुरुपयोग गरेर समाज बिथोल्न नपाउने भन्ने उद्देश्यले मैले खरिद गरेको हुँ,’ चाटिलाले भने।

आफूलाई हिटलरका सामाग्रीहरु डढाउनुपर्ने भन्ने लागेको तर अन्त्यमा ती सामाग्रीलाई संग्राहलयमा राख्न उचित लागेको उनको भनाइ छ। उनले किनेका ती सामाग्रीहरु केरेन हाजेसोद एसोसिएसनलाई दिएका छन्। उक्त एसोसिएसनले ती सामाग्रीहरु इजरायलको एक संग्राहलयमा राख्न सक्ने स्वीस अखबार ल माताँले जनाएको छ।

— कान्तपिुरबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *