प्रम ओली र मोदीबीच फोनमा नयाँ वर्षको शुभकामना आदानप्रदान, मोदीलाई भ्रमणको निम्तो

Investopaper, पौष १६, २०७६

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

बुधबार विहान १०ः३० बजे भएको सो फोन वर्तामा नयाँ वर्षको शुभकामना आदानप्रदान हुनुका साथै प्रधानमन्त्री ओलीले भारतीय प्रमलाई नेपाल भ्रमणको निम्तो दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भएको छ ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिप्रति राख्नुभएको चासो र शुभेच्छाको लागि भारतीय प्रधानमन्त्री मोदीजीलाई आफ्नो तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

टेलिफोन संवादको क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र बाँकी समस्याहरू पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् २०२० सफल रहने पनि उहाँहरूले विश्वास व्यक्त गर्नुभएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *