कृषि विकास बैंक लि.द्धारा शैक्षिक सामग्री हस्तान्तरण
Investopaper, पौष १६, २०७६
२०७६।०९।१६ गते कृषि विकास बैंकले सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत चन्द्रागिरी-७ मा अवस्थित जनकल्याण माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्रीहरू हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ ।
कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले ३ थान ल्यापटप, १ थान प्रोजेक्टर र १ थान साउण्ड सिस्टम विद्यालयका प्रधानाध्यापक गौतम नकर्मिलाई हस्तान्तरण गर्नु भयो । उक्त अवसरमा चन्द्र्रागिरि नगरिपालिकाका मेयर घनश्याम गिरी तथा उपमेयर लिसा नकर्मीकाे समेत उपस्थिति रहेकाे थियाे ।
विद्यार्थी तथा स्थानीय नागरीकको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी अनिल कुमार उपाध्यायले कृषि विकास बैंक लि.ले गुणात्मक शिक्षाका लागि विगत देखि नै सामुदायिक विद्यालयहरुलाई केहि न केहि सहयोग गर्दै आइरहेकाे बताउनु भयाे । यसै सिसिलामा यस विद्यालयलाई सहयोग गर्ने अवसर दिनु भएकोमा विद्यालय परिवारलाई हार्दिक धन्यवाद दिंदै चन्द्रागिरी नगरपालीकालाई बैंकसंग कारोबारको सिलसिलामा जोडिन हार्दिक अनुरोध गर्नुभयो ।
नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गनुभयो । उहांले ५२ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धी का लागि स्थापीत कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रागीरी नगरपालिकाका मेयर घनश्याम गिरीले यस्ता कार्यक्रमले गुणात्मक शिक्षाको अभिवृद्धिका लागि महत्पूर्ण भूमिका खेल्ने भन्दै बैंकलाई विशेष धन्यवाद दिनुभयाे । उपस्थित टोलबासीहरुलाई कृषि विकास बैंक लि.मा नै बैंकिङ्ग कारोबार गर्न अनुरोध गर्दै कृषि विकास बैंक लि.ले पुराएको सहयोगको सराहना गरी बैंकको उच्च प्रगतिको कामना गर्नु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथि तथा चन्द्रागीरी नगरपालिकाका उपमेयर लिसा नकर्मीले यस्ता सामाजिक कार्यले समाजमा बैंकको गरिमा बढाउंदै जाने भएकोले उक्त कार्यको प्रसंसा गर्दै बैंकले पुर्याएको योगदानको प्रसंशा समेत गर्नु भयो ।
यसैगरी, क्षेत्रिय कार्यालय काठमाडौका का.मु. निर्देशक सुन्दर खतिवडाले बैंकले केवल नाफा मुखी व्यवसाय मात्र नगरी सामाजिक सेवामा पनि त्यतिकै समर्पित रहने र भविष्यमा पनि गुणात्मक शिक्षाका लागि यस्ता कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्ने भन्दै बैंकले संचालनमा ल्याएका सुविधाहरु( एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, सि.आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा समेत जानकारी दिनुभयो । थानकोट शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठले बैंकले उपलव्ध गराएका सेवाहरुका भरमग्दुर उपभोग गर्न हार्दिक अनुरोध गर्नु भयो ।
उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धकहरु यज्ञप्रकाश न्यौपाने,धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, विभागीय प्रमुखहरु मिनराज पोखरेल, शंकर कुमार अर्याल, हिमलाल पौडेल, शाखा प्रमुख महेश्वर मरहठा, शा.अ. जेनु बस्नेत, कलंकीका प्रबन्धक कल्पना सेंढाई, क्षेत्रिय कार्यालय काठमाडौका शाखा प्रमुख राजेन्द्र रानाभाट, का.स. छगेन्द्र आचार्य लगायतका अन्य कर्मचारीको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन क्षेत्रिय कार्यालय काठमाडौका का.मु.शा.प्र. शालिकराम ढकालले गर्नु भएको थियो ।
