खाडीका नेपालीबारे चिन्ता : परराष्ट्र र श्रम मन्त्रीको आकस्मिक बैठक

Investopaper, पौष २१, २०७६ 

काठमाडौं । अमेरिका र इरानबीच उत्पन्न तनावसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुबारे चिन्ता शुरु भएको छ। इराक र इरानसँगै अन्य राष्ट्रमा समेत यसको प्रभाव पर्न सक्ने भन्दै परिस्थिति थप चिन्ताजनक भएमा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई कसरी उद्धार गर्ने भन्दै छलफल अघि बढाएको छ। त्यहाँ समस्या बढ्दै गए नेपालीको उद्धार र सहजीकरण कसरी गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालय आफै अन्यौलमा छ।

‘हामीले ती दुई मुलुक हेर्ने दूतावासलाई निर्देशन दिएका छौं भने खाडीमा रहेका अन्य दूतावासलाई पनि त्यहाँको परिस्थिति बारेमा बुझ्न भनेका छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार अन्नपूर्णसँग भने, ‘समस्या बढेमा के गर्ने भनेर छलफल गरिरहेका छौं।’ बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, दुवै मन्त्रालयका सचिवहरु र परराष्ट्रका खाडी क्षेत्र हेर्ने महाशाखा प्रमुख तथा श्रम मन्त्रालयका अधिकारीहरु सहभागी थिए।

मन्त्रालयले खाडीमा ठूलो समस्या परे के गर्ने भनेर अहिलेसम्म विशेष अध्ययन र बहस गराएको थिएन। यस्तै समस्या पर्दा पटक–पटक भारतीय कामदारसँग उनीहरुकै सहयोगमा उद्धार गरेका विगत छ। खास परिस्थिति सिर्जना भए समस्या सम्बोधन गर्ने तयारी बैठक भएको जानकारी परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई जानकारी दिएको छ।

खाडीमा रहेका नेपाली कामदारसँग प्रत्यक्ष सरोकार राख्ने आकस्मिक बठकर श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय मन्त्री र अधिकारीहरु बीच छलफल भएको हो। छलफलमा मन्त्रालयले इरान र इराकमा भएका नेपालीहरुको प्रत्यक्ष सम्पर्कमा रहनका लागि दूतावासलाई निर्देशन दिएको छ। उनीहरुलाई हरेक क्षणको अवस्थाबारे परराष्ट्र मन्त्री, सचिव र महाशाखालाई जानकारी दिन पनि निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

ती दूतावासहरुको प्रतिवेदनका आधारमा त्यस क्षेत्रमा आफ्नो धारणा तय गर्ने र यसबारे विज्ञ बहस पनि गर्ने तयारी मन्त्रालयको छ। याे समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *