नेपाल इन्भेष्टमेन्ट बैंकले काेराेनाभाइरस विरूध्द सजगताकाे शुरूवात
इन्भेष्टोपेपर । फागुन २१, २०७६
विश्वभरि नोबल कोरोनाभाइरस (कोभिड–१९) फैलिँदै गएकोे तथा मुलुकमा पनि भाइरस संक्रमणमा जोखिम बढ्दै गएको सन्दर्भमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पनि सजगता अपनाउन शुरूवात गरेकाेछ ।
यसै विषयलाई मध्यनजर गर्दै बैंकले कोरोनाभाइरसको विस्तार विरुद्धको रोकथामसम्बन्धी उपायहरू अबलम्बन गर्न सुरु गरिसकेको छ । बैंकिङ सेवा लिन आउने ग्राहकहरुको सुरक्षाका लागि कार्यालय परिसरको प्रवेश र निकासद्धारमा सेनिटाइजेसन र बच्ने उपायहरु उल्लेख गरिएको सुचना टासिएको छ । सबै ग्राहकहरुलाई कार्यालय प्रवेस गर्दा उपलब्ध गराइएको सेनिटाइजेसन प्रयोग गरी भाइरस प्रभावित हुनबाट सतर्क रहन अनुरोध गरेकाेछ ।
विश्व स्वास्थ्य संगठनद्वारा गरिएका सिफारिस र सुरक्षा उपायहरूलाई ध्यानमा राखी नेपाल सरकारले जारी गर्ने सुरक्षा र रोकथामसम्बन्धी निर्देशनहरूको पालना गर्न नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना ग्राहक, कर्मचारी, सरोकारवाला तथा समग्र देशवासीहरूलाई अपिल गर्दै विज्ञप्ति निकालेकाे छ ।
