कृषि विकास बैंककाे अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त

इन्भेष्टोपेपर । फागुन २१, २०७६ 

कृषि बिकास बैंक लि. को अध्यक्षमा लक्ष्मी प्रपन्न निराैला नियुक्त हुनु भएकोछ । नवनियुक्त अध्यक्ष निराैला नेपाल राष्ट्र बैंकमा लामो समयसम्म सेवामा रहि कार्यकारी निर्देशक पदबाट अवकास प्राप्त गर्नु भएको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरिञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा सपथ ग्रहण गराउनु भयो ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु चिन्तामणी शर्मा, शिवराज श्रेष्ठ, बैंक नियमन विभागका निर्देशक मिना पाण्डे र कृषि विकास बैंक लि.का संचालक समिति सदस्यहरु संजिव पौडेल, हरिप्रसाद पराजुली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय तथा कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *