प्राइम बैंकका कर्मचारीलाई कृषि वित्त तालिम

इन्भेष्टोपेपर । फागुन २२, २०७६ 

डेभ्लपमेन्ट एलायन्स नेपालले हालै प्राइम कमर्सियल बैंकका कर्मचारीहरुका लागि एक दिने कृषि वित्त तालिम (Agriculture Sector Finance for Credit Staff) सम्पन्न गरेको छ ।

बैंकको केन्द्रिय कार्यालय, कमलपोखरीमा आयोजित उक्त तालिम कार्यक्रममा काठमाण्डौ उपत्यकाका विभिन्न शाखाहरुमा कार्यरत प्रवन्धक एवं कर्जा सम्वद्ध २८ जाना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

नेपालमा ब्यवसायिक रुपमा अगाडि देखिएका कृषि ब्यवसायमा केन्द्रित गरी कृषि कर्जा विश्लेषण सम्बन्धमा प्रशिक्षण प्रदान गरिएको थियो । कुखुरा पालन, पशु पालन, मत्स्य पालन र तरकारी खेती ब्यावसायलाई लक्षित गरी डेभ्लपमेन्ट एलायन्स नेपालका सम्बन्धित विषयका विशेषज्ञहरुले कर्जा विश्लेण सम्बन्धमा प्रशिक्षण दिनुभएकाे थियाे ।

यसका साथै नेपालमा कृषि ब्यवसायको महत्व, कृषिमा नेपाल सरकारको नीति, नेपाल राष्ट्र बैंकले कृषि कर्जा सम्बन्धमा गरेको ब्यवस्था र कृषि बीमा कर्यक्रम बारे समेत सहभागीहरुलाई जानकारी गराइएको थियो ।

बैंकहरुले आफ्नो कुल कर्जा तथा सापटको १० प्रतिशत अनिवार्य रुपमा कृषि क्षेत्रमामात्र कर्जा लगानी गर्नु पर्ने नेपाल राष्ट्र बैंकले गरेको बाध्यात्मक ब्यवस्था पश्चात आआफ्ना कर्मचारीहरुको कृषि कर्जा विश्लेषमा दक्षता अभिबृद्धिको लगि पछिल्लो समयमा कृषि कर्जा विश्लेषण तालिमको माग बढ्दै गएको डेभ्लपमेन्ट एलायन्स नेपालका कार्यकारी निर्देशक प्रसिद्ध सिंह सुवालले बताउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *