सिटिजन्स बैंककाे विशेष साधारण सभा चैत्र १० गते, के छ त प्रस्ताव ?
इन्भेष्टोपेपर । फागुन २२, २०७६
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विशेष साधारण सभा चैत १० गते अमृतभोग, कालिकास्थानमा दिउँसो १ बजे डाकेको छ। उक्त सभाले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने प्रस्तावलाई अन्तिम स्वीकृती दिने छ ।
सभामा सहयोगी विकास बैंकलाई १ बराबर ०.९१७५ कित्ता शेयर दिने गरी प्राप्ती गर्ने तथा सो सम्बन्धी सम्पूर्ण कार्यगरी प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
बैंकले चैत ३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
