मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन
इन्भेष्टोपेपर । फागुन २७, २०७६ ।
मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जले फागुन २७ गते मंगलबार देखि बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३९१ रुपैयाँ ४८ पैसा कायम गरेको छ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २६ गते बुकक्लोज ताेकेकाे थियाे । यस मितिसम्म कायम शेयर धनीले बाेनश शेयर पाउनेगरि नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।
यसैगरि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मितेरी डेभलपमेन्ट बैंकले साधारण सभा डाकेको छ।
बैंकले चैत ८ गते चौधौँ वार्षिक साधारण सभा गोर्खा किचन, धरानमा आयोजना गर्नेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १८.५२५२ प्रतिशतका दरले बोनस शेयर र सोको कर वापत ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
