भाेली आइतबारदेखि सेयर बजारकाे काराेबार समय एक घण्टा थप
इन्भेष्टोपेपर । चैत्र ०१, २०७६
नेपाल स्टक एक्सचेन्जले सेयर बजारकाे काराेवार समय एक घण्टा थप गरेकाे छ । हालसम्म चार घण्टाकाे काराेबार समय रहेकाेमा अव पाँच घण्टाकाे लागि बजार खुल्नेछ ।
नेप्सेले भाेली चैत दुइ गतेबाट परीक्षणकाे रूपमा १० : ३० बजेबाट ४:०५ बजेसम्म काराेबार हुने जनाएकाे छ । नेप्सेले धिताेपत्र बाेर्डकाे निर्देशन अनुुसार अर्काे सूचना नभएसम्मकाे लागि परिक्षणकाे रूपमा समय थपेकाे उल्लेख गरेकाे छ ।
अब प्रारम्भिक कारोबार समय बिहान १०ः३० बजेदेखि ११ बजेसम्म तोकिएको छ । ११ बजेदेखि ४ बजेसम्म बोल कबोल र निरन्तर कारोबार समय तोकिएको छ । त्यस्तै अन्तिम कारोबार भने ४ बजेदेखि ४ः०५ बजेसम्म तोकिएको छ ।

