काेराेनाबारे बुझ्न १११५ मा चौबिसै घण्टा फाेन गर्न सकिने

इन्भेष्टोपेपर । फागुन ३०, २०७६ 

काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) बारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा चौबिसै घण्टा फोन गर्न सकिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन थालेको हो ।

महाशाखाका निर्देशक वासुदेव पाण्डेले कोरोनाबारे बाहिरी हल्लाको पछि नलागी महाशाखाले सञ्चालनमा ल्याएको १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

यो नम्बरमा आउने फोन उठाउन ६ जना कर्मचारी खटाइएको पनि उहाँले उज्यालोलाई जानकारी दिनुभएको छ । कोरोनाबारे बुझ्न १११५ नम्बरमा चौबिसै घण्टा फोन गर्न सकिनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *