कृषि विकास बैंकबाट कोरोना संक्रमण रोकथामका लागी रु १.२५ करोड सहयोग
इन्भेष्टोपेपर । चैत्र १०, २०७६
कोभिड–१९ कोरोना नामक भाईरसले आम विश्वसमुदायलाई त्रसित बनाई रहेको यस अवस्थामा नेपाल र नेपाली जनता पनि उच्च जोखिममा रहेको यस विपतको घडीमा कोभिड–१९ कोरोना नामक भाईरस संग सावधानि पूर्वक डटेर सामाना गर्नका लागि व्यक्तिगत सुरक्षा सामाग्री, स्वास्थ्य उपकरण, नमूना परिक्षण किट र क्वारेण्टाईन लगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन नेपाल सरकारद्धारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा कृषि विकास बैंक लि.ले रु.१,२५,००,०००।– (अक्षेरुपी एक करोड पच्चिस लाख मात्र) आर्थिक सहयोग स्वरुप उपलव्ध गराएको छ ।
साथै उक्त विपतको कारणबाट ज्यान गुमाउनेहरु प्रति चिर शान्तिको कामना गर्दै, विरामीहरुको शिघ्र स्वास्थ्यको लाभको कामना समेत गरेको छ ।
