कोरोनाभाइरस: नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि

इन्भेष्टोपेपर।चैत्र १०, २०७६

नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएपछि  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार मध्याह्ण आकस्मिक प्रेस सम्मेलन गरेर उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक विद्यार्थी भएको जानकारी दिएको छ।

 मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि नै विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा नेपालमा दुई जनामा सङ्क्रमण भएको विवरण देखिएको थियो।

केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई सङ्क्रमण भएको पुष्टि भएको यस अघि। अहिले उनी स्वस्थ भइसकेको बताइएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। पीसीआर विधिबाट गरिएको परीक्षणमा तीमध्ये दुईवटामा कोरोनाभाइरस भएको पुष्टि भएको हो।

को हुन् सङ्क्रमित व्यक्ति?

विश्वभर कोरोनाभाइरसको महामारी फैलिरहेको अवस्थामा आम-जनतामा निरासाले डेरा जमाएको स्थिति छ। केहि समय अघि नेपालमा पनि अर्को सङ्क्रमण भएको पुष्टि भएको छ र उनी १९ वर्षकी भएको जानकारी सरकारले दिएको छ। युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएको बताइएको छ।

नेपाल आएपछि उनी घरमै क्वारन्टीन अर्थात् एकान्तवासमा थिइन्। सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई छुट्टै राखेर उपचार भइरहेको बताइएको छ। उनको सम्पर्कमा आएका सबैलाई खोजेर क्वारन्टीनमा राख्ने प्रयास भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए।

उनीसँगै विमानमा आएका अन्य यात्रीको पहिचान गर्ने प्रयास भइरहेको उनको भनाइ छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *