बेलायती प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री कोरोनाबाट संक्रमित
इन्भेष्टोपेपर । चैत्र १४, २०७६
लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोनसन तथा स्वास्थ्यमन्त्री म्याट हानकक पनि कोरोना भाइरस (कोभिड–१९) काे सक्रमणमा परेकाे पुष्टि भएको छ ।
प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले शुक्रबार यसबारे पुष्टि गर्दै जोनसनमा सामान्य लक्षण देखिएको बताएको छ। प्रधानमन्त्री जाेनसन ‘सेल्फ आइसोलेसन’ मा बस्ने र त्यहीबाट सरकार सञ्चालन गर्ने डाउनिङ स्ट्रिटका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
यसैगरि बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकक पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनुभएकाे छ । बेलायती सञ्चारमाध्यमका अनुसार ४१ वर्षीय हानकक सेल्फ आइसोलेसनमा हुनुहुन्छ ।
— एजेन्सी
