अमेरिकामा लकडाउन अन्त्य गर भन्दै बन्दुक बोकेर प्रदर्शन

इन्भेष्टोपेपर । वैशाख ०६, २०७७

अमेरिका । अमेरिकामा लकडाउनकाे अन्त्य गर भन्दै बन्दुक बोकेर प्रदर्शन गरिएको छ । अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । 

बीबीसीले जनाए अनुसार अमेरिकाका मिशिगन, ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जिनिया, केन्टकी, ओहायो, उटा लगायतका स्थानमा विरोध प्रदर्शन भएको छ । यी राज्यहरु डेमोक्रेट्स पार्टीको नेतृत्वमा छन् । ट्रम्पले लकडाउन खाेल्ने मनसाय प्रकट गरिरहेकाे अवस्थामा उनका समर्थकले प्रदर्शन गरेका हुन ।

राष्ट्रपति ट्रम्पले पनि लकडाउनले अर्थव्यवस्था डामाडोल हुने भन्दै गरिएको यो प्रदर्शनको समर्थन गर्नुभएकाे छ । ट्रम्पले प्रदर्शन भएका स्थान ट्वीटरमा उल्लेख गरेरै लकडाउन खुकुलो पार्न आग्रह पनि गर्नु भएकाे छ ।

तर ट्रम्पले प्रदर्शन भएका ओहायो र उटालाई ट्वीटरमा उल्लेख नगरेकाले यस प्रदर्शनलाई उनले राजनीतिक रंग दिन खोजेको टिप्पणी गरिएको छ ।

— बीबीसी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *