सेञ्चुरी कमर्सियल बैंकको मोबाइल बैंकिङ्गको स्तरोन्नति

इन्भेष्टोपेपर । वैशाख २२, २०७७ 

सेञ्चुरी कमर्सियल बैंकले “एफवान सफ्ट इन्टरनेशनल” संग बैंकको मोबाइल बैंकिङ्ग स्तरोन्नतिको सम्बन्धि सम्झौता गरेको छ ।

सो सम्झौता अनुसार बैंकको “सेञ्चुरी पे” मोबाइल बैंकिङ्ग एप डाउनलोड गर्न सकिनेछ । सेञ्चुरी पे मार्फत ग्राहकवर्गले ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्सफर, बिजुलीको महशुल, टिभि, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाख भन्दा बढी मर्चेन्टमा QR code भुक्तानी गर्न सकिनेछ ।

यसैगरी सेञ्चुरी पे मा आफ्नो मोबाइल मार्फत आफै मोबाइल बैंकिङ्ग एक्टिभ गर्न सकिनुका साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ । अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न सकिने बैंकले जानकारी गराएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *