अनौठो नदि “स्टाेन रिभर” : जहाँ पानी बग्दैन, पत्थरले बनेको छ

इन्भेष्टोपेपर । वैशाख २१, २०७७ 

साधरणतया नदि भन्ने बित्तिकै पानीको हुन्छ भन्ने तपाई हामीलाई थाहा भएको कुरा हो । नदि भनेको पानीको नै हुन्छ । तर दुनियामा यस्तो स्थान छ जहाँ पानिको नभई ढुंगाले बनेको नदि छ । नदि जस्तै लामो स्थानमा फैलीएको उक्त पुरै पत्थरले बनेको छ । वैज्ञानिकहरूले १० हजार वर्ष पहिले हिमनदी विस्फोट भएर बगेको पानीले ढुंगाहरू त्यसरी थुपारेको हुनसक्ने विश्वास गरेपनि यो अहिलेसम्म पनि रहस्यको विषय बनिरहेको छ ।

टाढाबाट हेर्दा बगेको नदीको जस्तै देखिने त्यहाँ पानी कत्ति पनि छैन । रसियामा यस्तो एक नदि छ  । प्रकृतिक रुपमै एकदमै अनौठो र रोमाञ्चकारी नदीलाई स्टोन रिभरको नामले चिनिन्छ । सो स्थानमा विशाल नदी सुकेर ढुगामात्र बाँकी रहेको जस्तो देखिन्छ । त्यस क्षेत्रमा ६ किलोमिटरसम्म ढुंगै ढुंगा थुप्रिएका छ । ढुंगेनदी २० मिटरदेखि ७ सय मिटरसम्म चौडा रहेको छ ।

ढुंगाको आकार स–सानादेखि १० टनसम्मका रहेका छन् ।त्यस ठाउँमा त्यतिधेरै ढुंगाहरू कहाँबाट आएर थुप्रिएका होलान् भन्ने जस्ता लगाएतका प्रश्नहरु अहिले पनि उस्तै छन् । टाढाबाट हेर्दा साधरण तया नदि जस्तो देखिने स्टोन रिभर ठुला ठुला पत्थरहरु बाट बनेका छन् । उक्त नदि एक घना जंगलको बिचमा रहेको छ । जहाँ मानिसहरुले टाढाबाट हेर्दा अझ राम्रो देखिन्छ ।

— एजेन्सी  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *