सेबाेन द्वारा जारी सवारी पास रद्द, जेष्ठ १ गते पछिकाे मात्र मान्य

इन्भेष्टोपेपर । जेष्ठ ०२, २०७७

नेपाल धिताेपत्र बाेर्डबाट २०७७।०१।३१ गते सम्म जारी गरिएको सबै सवारी पासहरु रद्द गरिएको गरिएकाे छ । यस अघि नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा धितोपत्र व्यवसायी लगायतका संस्थालाई धिताेपत्र बाेर्डले पास जारी गरेकाे थियाे ।

नेपाल सरकारले लकडाउनलाई थप कडाईका साथ अवलम्वन गर्न गरेको व्यवस्थाका सन्दर्भमा बोर्डको मिति २०७७।०२।०१ को निर्णयानुसार धितोपत्रको दोश्रो बजारको कारोवार लकडाउनको अवधि भरका लागि स्थगन गरिसकेकाे छ ।

साथै अति आवश्यक सेवा संचालन हुने संस्थाको लागि नेपाल सरकारको मिति २०७७।०१।२४ को निर्णयानुसार बोर्डबाट मिति २०७७।०२।०१ देखि जारी गरिएको सवारी पास मात्र मान्य हुने व्यवस्था गरिएको व्यहोरा सूचना मार्फत जानकारीक गराइएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *