थप ९ जना सहित नेपालमा कोरोना सङ्क्रमित ३०४ पुगे

इन्भेष्टोपेपर । जेष्ठ ०५ २०७७

नेपालमा आज सोमबार विहानसम्म थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रौतहट र बाराका गरी ९ जना सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय प्रयोगशाला, टेकु काठमाण्डौमा गरिएको परीक्षणअनुसार रौतहटको इशनाथ नगरपालिकाका २१, २१, २३, २५, २५, २९ र ३० वर्षका पुरुषहरु,  तथा रौतहटकै माधबनारायण नगरपालिकाकी २८ वर्षीया महिला तथा बाराको करैयामाइका ३८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *