आगामी तीन दिनको मौसम कस्ताे रहन्छ त ?

इन्भेष्टोपेपर । कार्तिक २६, २०७८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार दिउँसो  देशको प्रदेश न १ र प्रदेश न २ का  भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ। राती प्रदेश न १ र प्रदेश न २ लगायत अन्य प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। 

शनिबार दिउँसो  देशको पहाडी भागमा आंशिक बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। राती देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। 

आईतबार दिउँसो  देशका प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका  भागमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। राती देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *