१४८ दिनको गर्भबाट जन्म, ४२० ग्राम ताैल : शिशुलाई बचाउन सफलता

इन्भेष्टोपेपर । कार्तिक २६, २०७८

आमाको गर्भमा केवल २१ साता र एक दिन रहेर अमेरिकामा जन्मिएका एक शिशुलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरिएको छ। जन्मिँदा ती शिशुको तौल एक पाउन्डभन्दा कम थियो।

कर्टिस मीन्सको जन्म १६ महिनाअघि अलाबामामा भएको हो। त्यतिबेला उनको तौल ४२० ग्राम मात्र थियो। गिनिज वर्ल्ड रेकर्डले ती बालकले अकाल जन्ममा नयाँ कीर्तिमान राखेको पुष्टि गरेको छ।

सामान्य रूपमा मानिसको गर्भावस्थाको समय ४० हप्ताको हुन्छ। तर कर्टिस समय पुग्नुभन्दा १९ हप्ताअघि नै जन्मिएका थिए। उनकी आमा मिशेल बट्लरलाई सन् २०२० को जुलाई ४ मा प्रसवपीडा सुरु भएपछि अस्पताल पुर्‍याइएको थियो।

भोलिपल्ट उनले जुम्ल्याहा बच्चा कर्टिस र सीअआस्यालाई जन्म दिइन्। तर अर्को दिन सीआस्याको मृत्यु भयो। समयभन्दा त्यति अगाडि जन्मिने बच्चा बाँच्ने सम्भावना निकै कम हुने बताइन्छ।

यस्तो अवस्थामा एक प्रतिशतभन्दा कम शिशु मात्रै जीवित रहन्छन्। कर्टिसलाई सुरुमा सघन उपचारमा राखियो। तीन महिनापश्चात् उनलाई भेन्टिलेटरबाट निकालियो र २७५ दिन अस्पतालमा बसेपछि गत एप्रिल महिनामा उनी घर जान पाए।

उनलाई विज्ञहरूले सास फेर्न र खानका लागि मुख प्रयोग गर्न सिकाएका थिए। कर्टिसलाई अझै पनि थप अक्सिजन र खाना खुवाउनका लागि ट्यूबको आवश्यकता पर्छ। तर चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य राम्रो छ।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *