सीमा सम्बन्धी प्रमाण सङ्कलन गर्न डा. विष्णुराज उप्रेतिकाे संयोजकत्वमा विज्ञ समूह गठन
इन्भेष्टोपेपर । जेष्ठ २९, २०७७
सरकारले नेपाल भारत सीमा सम्बन्धको प्रमाण सङ्कलन गर्न अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विज्ञ समूह गठन गरेको सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले विहिबारकाे पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।
विज्ञ समूहका अन्य सदस्यहरूमा अन्तर्राष्ट्रिय कानुनविद् सूर्यप्रसाद सुवेदी, इतिहासविद् रमेश ढुङ्गेल, कानुनविद् विपिन अधिकारी, जलविज्ञ जगत भुसाल, नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बराल, अवकाशप्राप्त मेजर जनरल हिमालय थापा, महिला प्रतिनिधिका रूपमा अप्सरा चापागाईं र परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी रहनुभएकाे छ ।
