अनुहारकाे साैन्दर्य बढाउन सर्वसुलभ चिनीकाे प्रयाेग गर्न सकिन्छ

इन्भेष्टोपेपर ।  जेष्ठ  ३०, २०७७ 

हामी सबैकाे भान्सामा चिनी अटुटरूपमा उपलव्ध हुन्छ । मानिसहरुले चिया लगाएतमा धेरै परिकारमा प्रयाेग गर्ने चिनी कस्लाई पन पर्देन होला ?  जस्को स्वाद नै एकदमै मिठो हुन्छ । भनिन्छ जहाँ गुलियाे त्यहीँ सबैजना भुलियाे ।

चिनी हामीले चिया कफी, मिठाइ लगायत बिभिन्न खानामा गुलियाे स्वादकाे लागी समेत प्रयोग गर्दै आईरहेका छौं । तर तपाईहरुलाई थाहा नहुन सक्छ की यस्ले खानालाई गुलियाे/मीठो स्वाद दिलाउने मात्र नभई मानिसको सौन्दर्यमा समेत सकारात्मक प्रभाव पार्ने गर्छ । अनुहारकाे साैन्दर्य बढाउन सर्वसुलभ चिनीकाे प्रयाेग गर्न सकिन्छ, जसका फाइदाहरू यस प्रकार छन ।

१. अनुहारकाे पाेताे हटाउँछ : चिनिको प्रयोगले मानिसको पोतो र कालो दागलाई हटाउनु् समेत सहयोग गर्छ । कागतीको रस र चिनी मीसाएर अनुहारमा लगाउनाले अनुहारको पोतो र कालो दागलाई हटाउन सहयोग गर्छ । 

२. चाउरीपना हटाउँछ : चिनिको प्रयोगले अनुहारको चाउरीपन हटाउछ । चिनी, एलोवेरा जेल र दुध मिसाएर लगाए अनुहारको चाउरीपन केहि हद सम्म कम हुन्छ । 

३. डढेकाे छाला पुन चम्काउँछ : घामले डढेको छालालाई समेत चिनि उपयोगी हुन्छ । चिनी, गोलभेंडाको जुस र बेसन मिसाएर प्रयोग गर्नाले अनुहारको घामले डढेको छालालाई राम्रो गर्छ । हप्तामा ३ पटक प्रयोग गर्नुहोस् जसले घामले डढेको छालालाई गोरो र चम्किलो बनाउँछ।

४. ओठमा गुलाबीपन ल्याउँछ : चिनिको प्रयोगले कालो ओंठलाई गुलाबी बनाउन समेत मद्धत गर्छ । चिनी, ओलिव ओइल र कागतीको रस मिसाएर ओठमा लगाए यसले कालो ओंठलाई गुलाबी ओठ बनाउन सहयोग गर्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *