शुक्रबारदेखि नेपालकाे पूर्वी भू-भागमा मनसुन भित्रियो, केही दिनमा सक्रिय हुने
इन्भेष्टोपेपर । जेष्ठ ३१, २०७७
नेपालमा शुक्रबारदेखि मनसुन भित्रिएको छ । सामान्यतयाः जुन १० मा नेपालको पूर्वी भू-भागमा प्रवेश गर्ने मनसुन यसपटक २ दिन ढिला गरी १२ जुनमा प्रवेस गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यससंगै मौसमी गतिविधि बढ्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यद्यपि तत्कालका लागि मनसुनी गतिविधि त्यति सक्रिय नभएको महाशाखाले जनाएको छ ।
महाशाखा अनुसार आज पनि मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने सम्भावना रहेको छ । महाशाखाले गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान यस प्रकार रहेकाे छ ।
जेठ ३१ गते (शनिबार)
दिउँसोः देशभर सामान्य बदली रहि प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
रातीः देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।
जेठ ३२ गते (आइतबार)
दिउँसोः देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ। प्रदेश १,प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असार ०१ गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।
रातीः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश ३,प्रदेश ५को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
