शुक्रबारदेखि नेपालकाे पूर्वी भू-भागमा मनसुन भित्रियो, केही दिनमा सक्रिय हुने

 इन्भेष्टोपेपर । जेष्ठ ३१, २०७७ 

नेपालमा शुक्रबारदेखि मनसुन भित्रिएको छ । सामान्यतयाः जुन १० मा नेपालको पूर्वी भू-भागमा प्रवेश गर्ने मनसुन यसपटक २ दिन ढिला गरी १२ जुनमा प्रवेस गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यससंगै मौसमी गतिविधि बढ्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यद्यपि तत्कालका लागि मनसुनी गतिविधि त्यति सक्रिय नभएको महाशाखाले जनाएको छ ।

महाशाखा अनुसार आज पनि मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने सम्भावना रहेको छ । महाशाखाले गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान यस प्रकार रहेकाे छ ।

जेठ ३१ गते (शनिबार)

दिउँसोः  देशभर सामान्य बदली  रहि प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ।

रातीः  देशभर सामान्य बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित वर्षाको   संभावना रहेको छ।

जेठ ३२ गते (आइतबार)

दिउँसोः  देशभर सामान्य बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ  सहित वर्षाको   संभावना रहेको छ।प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य देखि पुर्ण बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित वर्षाको   संभावना रहेको छ। प्रदेश १,प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०१ गते (सोमबार)

दिउँसोः  देशभर सामान्य बदली  रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ  सहित वर्षाको   संभावना रहेको छ।

रातीः  देशभर सामान्य देखि पुर्ण बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश ३,प्रदेश ५को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *