अनौठो मास्क जसलाइ लगाएरै खाना खान सकिन्छ

 इन्भेष्टोपेपर । जेष्ठ ३१, २०७७ 

कोरोना भाइरसको संक्रमणले विश्भर त्रास फैलिएको छ । यसको संक्रमणबाट बच्न मानिसहरु अनेकौं उपायहरु गरिरहेका छन् ।

हरेक दिन नयाँ नयाँ अनुसन्धान भैरहेकाछन तथापी अहिलेसम्म कुनै पनि भरपर्दाे विकल्प तयार भैसकेकाे छैन । सामाजिक दुरीमा रहने र मुखमा मास्क लगाउने उपाय अपनाएर कोरोनाको संक्रमण हुनबाट बचिने उपाय संसारभर अपनाइएकाे छ ।

खाना खादा वा केहि पिउँदा मुखको मास्क पुरा खोल्नु पर्ने हुन्छ र त्यसबेला कोरोनाको संक्रमण हुने खतराका साथै झन्झटिलाे हुने गर्दछ । तर अब यस समस्याको समाधान समेत भइसकेको छ ।

इजरायलमा कोरोनाको महामारीबाट बच्न प्रयोग गरिने मास्क एक खास तरीकाले डिजाइन गरिएको छ जसले खाना खादाँ मास्कलाई मुखबाट हटाउनु पर्ने झण्झट हुदैन ।

यो मास्क लगाउँदा मुखको सामुन्नेमा एक प्वाल हुन्छ । जहाँ सेन्सर जडान गरिएको हुन्छ । त्यो प्वाल चम्चा आउनासाथ आफै खुल्दछ । र खाना खान सजिलै चम्चा मुखमा लान सकिन्छ । यसमा भएको सेन्सरका कारण मास्क खोल्न हातको प्रयोग गर्नुपर्दैन यो अटोमेटिक खुल्ने गर्दछ ।

इजरायलमा बनेको यो मास्कको तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल छ । यस मास्कको डिजाइनलाई स्रहाना गर्दै धेरैले रुचाएका पनि छन् र यसको माग बढेको छ ।

— एजेन्सीको सहयोगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *