चर्चित अभिनेता सुशान्तसिंह राजपुतले गरे देहत्याग
इन्भेष्टोपेपर । जेष्ठ ३२, २०७७
चर्चित बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन् । ३४ वर्षीय सुशान्तले किन देहत्याग गरे भन्ने पूर्ण विवरण आउन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनी मुम्वइ शहरकाे वान्द्रास्थित आफ्नै निवासकाे काेठाकाे फ्यानमा झुण्डिएकाे अवस्थामा फेला परेका थिए । मुम्वइ पुलिसका अनुसार उनकाे घरमा कुनै सुसाइड नाेट फेला परेकाे छैन भने मृत्यकाे बिषयमा अनुसन्धान भैरहेकाे छ ।
उनकाे परिवारमा उनका बाबु तथा चार बहिनीहरू रहेकाछन । उनकी आमा सन २००२ मा परलाेक भएकी थिइन ।
सुशान्तसिह राजपुतकाे मृत्युमा दुख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले ट्वीटमा लेख्नु भएकाे छ, सानै उमेरमा देहत्याग गरेका सुशान्तसिंह टिभि तथा सिनेमाका उदियमान अभिनेता थिए । उनले सबैकाे मनमा राज गर्दै सदा स्मरण र अभिप्रेरणा दिइरहनेछन ।

सुशान्तको पछिल्लो सिनेमा सन् २०१९ मा ‘छिचौरे’ प्रदर्शनमा आएको थियो । श्रद्धा कपुरसँग खेलिएको उक्त सिनेमा बक्स अफिसमा राम्रो चलेको मानिएको थियो । सुशान्तको रीया कपुरसँग प्रेम सम्बन्ध रहेको बताइएको थियो । केही पापराजीहरुले उनीहरु शहरमा घुम्दै गरेका बेला फोटो समेत लिएका थिए ।
उनले डेब्यू गरेको सिनेमा “कई पो चे” थियो । उनको सबैभन्दा ठूलो अवसर ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ थियो । पीके, केदारनाथ, दि बेचरा, शुद्ध देसी रोमान्स, सोनचिडैया पनि उनले महत्वपूर्ण भूमिका निभाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
