याे हप्ता सम्मकाे लागि धिताेपत्र काराेवार स्थगन
इन्भेष्टोपेपर । असार १, २०७७
असार १ गते देखि सम्पूर्ण कार्यनलयहरू खाेल्ने निर्णय भएपनि शेयर बजार भने नखुल्ने भएको छ। आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिको बैठकले हाललाई शेयर बजार नखोल्ने निर्णय गरेको हो।
बैठकले असार ४ गते बिहीवारसम्मको लागि थप चार दिन बजार बन्द गर्ने निर्णय गरेको हो। यसअघि जेठ ३२ गतेसम्मको लागि शेयर बजार बन्द गर्ने निर्णय भएको थियो।
हिजाे आइतबार धिताेपत्र बाेर्डमा पाँचवटै लगानीकर्ताको सँगठनहरु र बोर्डको विचमा भएकाे छलफलमा लगानीकर्ताहरुले बजार सुधारको काम नगरी बजार नखोल्न आग्रह गरेपछि थप चार दिनकाे लागि धिताेपत्र काराेवार स्थगन गर्न नेजप्सेलाइ पत्र पठाएकाे थियाे ।

