विश्वभर अहिलेसम्म झण्डै ८० लाख सङ्क्रमित, ४१ लाखभन्दा धेरैले कोरोनालाई जिते

इन्भेष्टोपेपर ।  असार १, २०७७ 

विश्वमा अहिलेसम्म ७९ लाख ८४ हजार ३ सय ७ जनालाई सङ्क्रमण पुष्टि भएकाे छ भने ४१ लाख ४ हजार २४ जना काराेना संक्रमणलाइ जितेर घर फर्किएकाछन । अहिले सम्म ४ लाख ३५ हजार १ सय ७६ जनाकाे मृत्यु भएकाे छ ।

पछिल्लो २४ घण्टामा १ लाख २३ हजार ७ सय ८३ जना नयाँ सङ्क्रमित पुष्टि भएका वल्र्डओमिटरले जनाएको छ । अमेरिकामा १९ हजार ९ सय २० जना नयाँ सङ्क्रमित थपिएका छन् भने ब्राजिलमा १७ हजार ८६ जना थपिएका छन् ।

worldometer – 15-June, 2020

यस्तै रुसमा ८ हजार ८ सय ३५ जना सङ्क्रमित थपिएका छन्  भने भारतमा ११ हजार ३ सय ८२ जना सङ्क्रमित थपिएका छन् । अहिलेसम्म अमेरिका संक्रमितहरूकाे संख्यामा सबैभन्दा अगाडी छ भने भारत पनि चाैथाे नम्वरमा उक्लिएकाे छ ।

अहिलेसम्म ३४ लाख ४५ हजार १ सय ७ जना संक्रमितहरू रहेका छन भने कोरोनाका कारण ४ लाख ३५ हजार १ सय ७६ जनाको ज्यान गएको  छ । मृत्युदर भने करीव १० प्रतिशतमा झरेकाे छ जवकि याे २ महिना अघि २० प्रतिशतकाे हाराहारीमा थियाे ।

पछिल्लाे २४ घण्टामा विश्वभर ३ हजार २ सय ५८ जनाकाे ज्यान गएकाे छ भने नेपालमा एक जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ । नेपालमा ४ सय २५ जनामा नयाँ संक्रमण पुष्टि भएर कुल ५ हजार ७ सय ६० जना पुगेकाछन । नेपालमा अहिलेसम्म ९ सय ७४ जना निकाे भएर घर फर्किएका छन र १९ जनाले मृत्युवरण गरेकाछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *