सीसीएमसीले अख्तियारीपछि श्रम स्वीकृतिको बाटो खुल्यो

इन्भेष्टोपेपर । असार ९, २०७७

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विगत तीन महिनादेखि रोकिएको श्रम स्वीकृति खोल्न बाटो सहज भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन सक्ने अख्तियारी प्रदान गरेसँगै श्रम स्वीकृति दिनका लागि बाटो खुलेको हो ।

श्रम स्वीकृति यो दिनदेखि दिने भन्ने कुनै निर्णय भएको छैन । यो निर्णय गर्ने अधिकार सीसीएमसीले श्रम मन्त्रालयलाई दिएको छ ।

सरकारले कोरोना महामारीका कारण विगत तीन महिनादेखि रोकिएको वैदेशिक रोजगारी जानेको श्रम स्वीकृति मन्त्रालयले मापदण्ड बनाएर खुला गर्न सक्ने निर्णय गरेको छ । सीसीएमसीले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई बिदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने जनाएको छ ।

श्रम मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख एवं सहसचिव उमेश ढुङ्गनाले सीसीएमसीको अख्तियारीको, श्रम मन्त्रालयको सिफारिसका आधारमा बिदामा आएका साथै नयाँलाई पनि श्रम स्वीकृति दिने निर्णय आएको तर मन्त्रालयले यसबारेमा निर्णय गरिनसकेको बताए । उनले अहिलेको परिस्थितिमा मन्त्रालयले श्रम स्वीकृतिबारे मापदण्ड बनाउनुपर्छ, मापदण्डको तयारीका लागि छलफलकै चरणमा छौँ, एक÷दुई दिन लाग्न पनि सक्छ भने । यो निर्णय कर्मचारीको तहभन्दा पनि मन्त्रीस्तरबाट हुनुपर्ने भएकाले मन्त्रीस्तरीय छलफल गरेर मात्रै मापदण्डको विषय टुङ्गो लाग्ने सहसचिव ढुङ्गनाको भनाइ छ ।

उनले नयाँ श्रम स्वीकृतिका विषयमा तत्काल निर्णय लिन सहज छैन, अहिलेको अवस्थामा विदेशमा हाम्रा श्रमिकको माग हुनुप७थभलसयो, जहाज पनि हुनुप७थभलसयो, यसमा विविध विषय जोडिने हुनाले गहन छलफल आवश्यक भएको हो भने ।
जापानलगायत खाडी देशका केही श्रमिक भिसा भएर पनि श्रम स्वीकृति नपाएका अवस्था आएपछि श्रम स्वीकृति दिने तर्फ सोच बनाइएको सहसचिव ढुङ्गानाले बताए ।

नयाँ श्रमिक पठाउनका लागि सम्बन्धित देशसँग समन्वय गरेर गन्तव्य मुलुकमा पठाउने विषयमा अवस्था बुझ्न परराष्ट्र मन्त्रालयमार्फत विदेशमा रहेका नियोगलाई परिचालित गरिएको बताए । श्रम स्वीकृति दिने विषयमा हाम्रो तहबाट गर्ने काम गरिरसकेका छौँ, माथिल्लो स्तरबाट गर्नुपर्ने राजनीतिक निर्णय हुनुपर्ने भएकाले यही दिन खुल्छ भन्न सक्ने अवस्थामा आफू नहरेको उनले बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले श्रम मन्त्रालयले मार्ग निर्देशन तयार गरेर विभागमा पठाएपछि श्रम स्वीकृति दिन सुरु गर्ने बताए ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो ।

उक्त निर्देशनपश्चात् विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर बिदामा नेपाल आएका तथा नयाँ प्रकारका श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो । यता नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले भने दुई लाखको हारहारीमा मागपत्र रहेको र २१ हजार श्रम स्वीकृति लिएर जान नपाएको अवस्था छ तर कोरोना पहिलाका रोजगारदाता कम्पनीबाट आएका माग भएकाले कोरोनापश्चात्को अवस्था भने सङ्घलाई जानकारी छैन । कैयौँ कम्पनी त बन्द हुने अवस्था पनि पुगेका छन् ।

सरकारले असार २१ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । जसका कारण नियमित उडान भने हुने छैनन् तर तत्कालका चार्टर्ड गरी विदेशबाट श्रमिक ल्याइएका जहाज फर्कने बेलामा श्रमिक जान सक्ने बताइएको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *