सलह समाति ल्याउनेलाई रकमकाे घाेषणा गरिरहेछन् प्रदेश सरकार

इन्भेष्टोपेपर । असार १४, २०७७

काठमाडौं । नेपालमा हालै प्रवेश गरेको सलहबाट राम्रो आम्दानी गर्न सकिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दरले पैसा दिने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले आइतबार यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।

प्रदेश ५ ले पनि एक किलो सलह समाते २० रुपैयाँ दिने निर्णय गरेको थियो । अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सहलको प्रभाव परेको छैन । पूर्वतयारीको रुपमा सलह मारेर ल्याउनेलाई प्रति किलो २५ रुपैयाँ दिने निर्णय गरिएको हो । मन्त्रालयले कृषि विकास निर्देशनालयको नेतृत्वमा तीव्र उद्धार समिति समेत गठन गरेको छ । उक्त समितिको सिफारिसमा सलह मा’रेर ल्याएमा प्रति किलो २५ रुपैयाँ दिने निर्णय भएको हो ।

उहाँले भन्नुभयो, ‘हामीले २० देखि ३० रुपैयाँसम्म तोक्न सिफारिस गरेका थियौं । मन्त्रालयले २५ रुपैयाँ दिने निर्णय गर्‍यो ।’ आइतबार नै सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहलाई रकम उपलब्ध गराउन निर्देशन गराइनेछ । सलह किरा मारेर स्थानीय तहको कृषि शाखामा उपलब्ध गराए उक्त स्थानीय तहले रकम उपलब्ध गराउने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *