आजदेखि शेयर बजार सुचारू हुने

इन्भेष्टोपेपर । असार १५, २०७७

आजदेखि शेयर बजार सुचारूरूपमा संचालन हुने भएको छ । आइतबार नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर आज असार १५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

कारोबार ५ घण्टाबाट घटाएर ४ घण्टा बनाउने निर्णय गरेको छ । बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म साविककै सर्किटको व्यवस्थाबमोजिम कारोबार सञ्चालन गर्ने नेप्सेको भनाइ छ । सर्किट ब्रेकर, मूल्य सीमा परिवर्तनमा नियमहरू गत चैत १० गतेभन्दा अघिकै अनुसार हुने निर्णय नेप्से बोर्डले गरेको छ ।

कारोबार गर्दा धिताेपत्र काराेवारसंग सम्वन्धित सबैले यसअघि बोर्डले जारी गरेको कोभिड १९ सुरक्षाका उपाय पालना गर्नुपर्ने धितोपत्र बोर्डले जनाएको छ । धितोपत्र बजार सम्बद्ध संस्थाले स्वास्थ्य सुरक्षाका विधि नअपनाई कार्यालय खोलेको पाइए कारबाही गर्ने पनि जनाइएको छ ।

धितोपत्र बोर्डले बजार सञ्चालनका लागि ६ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनअनुसार अर्को व्यवस्था नहुन्जेल स्टक ब्रोकरहरूले स्क्रीन रूम सञ्चालन गर्न पाउने छैनन् । स्वास्थ्य सुरक्षाका उपाय पालना गरी कारोबार गर्नुपर्ने बोर्डले जनाएको छ । 

लगानीकर्ताहरूले ब्राेकरहरूसंग समन्वयनगरि घरबाटै शेयर कारोबार गर्न सक्ने व्यवस्था मिलाएको भन्दै सकेसम्म घरबाटै कारोबार गर्न प्रोत्साहन गर्ने बाेर्डले जनाएको छ ।

हिजाे आइतवार बसेकाे सबै सराेकारवाला निकायकाे बैठकले गत साता अर्थात २०७७/०३/०७ गते गठित अध्ययन समितिकाे प्रतिवेदनले दिएका सुझावहरू समेत समेटेर शैयर बजार खाेल्ने निर्णय गरिएकाे धिताेपत्र बाेर्डले जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *