म्यान्मारको एक रत्न खानीमा पहिरो जाँदा ११३ जनाको मृत्यु

इन्भेष्टोपेपर । असार १८, २०७७

काठमाडौं । उत्तरी म्यान्मारको एउटा रत्न खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। कचिन प्रान्तमा भएको उक्त घटनामा अझै धेरै मानिसहरू पुरिएको समाचारहरूमा उल्लेख छ।

ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरूलाई पुरेको आपत्कालीन उद्धार गर्ने निकायले बताएको छ। म्यान्मार जेडको प्रमुख स्रोत हो। तर त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन्।

उक्त सरकारी निकायले ११३ वटा लाश भेटिएको र उद्धारकार्य जारी भएको जनाएको छ। खानीबाट फालिएको माटो र ढुङ्गामा जेडका टुक्राटाक्री खोज्न सयौँ मानिसहरू भेला हुन्छन्।

गत वर्ष खानीमा भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो। म्यान्मारले प्रत्येक वर्ष ३० अर्ब डलरभन्दा बढी रकमको जेड कारोबार गर्छ।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *