अनाैठाे सूचना : मेरा पति बिक्रिमा छन्

इन्भेष्टोपेपर । असार १८, २०७७

सूचना पनि कस्ता कस्ता ? संसारमा धेरै कुराकाे बिक्रि बितरण हुन्छ तर स्वयं श्रीमान नै बिक्रिमा रहेकाे सूचना निकाल्नु झट्ट पत्याइ हालिने समाचार हैन । तथापी, यस्ता घटनाहरूकाे पनि विश्वास गर्नैपर्ने भएकाे छ ।

कोरोना भाइरसको महामारीले विश्वका कयौं मुलुकहरु लकडाउनमा रहदा करोडौँ मानिसहरु घरभित्रै बस्न बाध्य छन् । लकडाउनका कारण सम्बन्ध बिच्छेद बढी हुनेदेखि गर्भवती हुनेहरुको संख्या समेत बढ्ने विशेषज्ञहरु आकलन गरिरहदा श्रीमान बिक्रीमा भन्ने पोर्चुगलको एउटा तस्वीर अहिले भाइरल भइरहेको छ ।

पोर्चुगलको लिस्बनमा बस्ने एक जोडीहरु २४ सै घण्टा सँगै बस्नुपर्दा हैरान भएका छन् । यसैकारण उनकी श्रीमतीले घरको बाहिर एउटा बोर्डमा आफ्ना श्रीमान बेच्न चाहेको लेखेर टाँसेकी छन् । लकडाउनमा श्रीमानसँग बस्दा धेरै किचकिच भएको तथा झैझगडा भएकाले उक्त सूचना लेखेर टाँसेको उनले बताएकी छन् ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *