ग्लोबल आइएमई बैंकद्वारा कोरोना रोकथामका लागि आर्थिक सहयोग

इन्भेष्टोपेपर । असार २५, २०७७

ग्लोबल आइएमई बैंकलेकोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ को सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ ।

बुधबार बैंकको प्रदेश नं. २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिनु भयो ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जानकारी गराएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *