कृषि विकास बैंक र नेप्से विच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता
इन्भेष्टोपेपर । असार २६, २०७७
कृषि विकास बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लि. विच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता सम्पन्न भएकाे छ ।
आर्थिक वर्ष २०७६।७७ का लागि जारी भएको मौद्रिक नीति मार्फत “वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋण पत्र जारी गर्नुपर्ने व्यवस्था” अनुरूप “एडिबिएल कृषि बैंक ऋणपत्र २०८३” जारीगरि नियमानुसार बांडफांड समेत भै सम्बन्धित निकायमा अभिलेख तथा दर्ता गरिएको थियाे ।
१०.३५ प्रतिशत व्याजदर रहेको र रु.१ हजार अंकित दर मूल्यका २५ लाख कित्ता बराबरको “एडिबिएल कृषि बैंक ऋणपत्र २०८३”, को सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक लि. र नेपाल स्टक एक्सचेन्ज लि.विच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता सम्पन्न भएकाे हाे ।
उक्त सम्झौतामा कृषि विकास बैंक लि.को तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्ज लि.का तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गर्नु भएको थियो ।यस सम्झौता पश्चात कृषि विकास बैंक लि.को “ब्म्द्यी कृषि बैंक ऋणपत्र २०८३”, को दोश्रो बजारमा कारोवार सुरु हुनेछ ।
उक्त अवसरमा कृषि विकास बैंक लि.का कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख उमेश पन्जियार, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल र एनआईविएल एस क्यापिटल लि.का संचालन अधिकृत राम कुमार महतको समेत उपस्थिती थियो ।
