ज्योति विकास बैंकको प्रमुख कार्यकारीअधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त

इन्भेष्टोपेपर । असार २६, २०७७

ज्योति विकास बैंकको सञ्चालक समितिको मिति २०७७ साल​ असार २५ गते बसेको बैठकले श्रीचन्द्र भट्टलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ​। नव नियुक्त प्रमुख कार्यकारी अधिकृत श्रीभट्टले यहि आउँदो श्रावण ७ गते बुधबार​ देखि आफ्नो ४ वर्षीय​ कार्यभार सम्हाल्नु हुनेछ​।

नेपालइ न्भेष्टमेन्ट बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभ​एका भट्टको बैंक,बीमा र रेमिट गरिआर्थिक क्षेत्रमा २ दशक भन्दा बढीको अनुभव रहेकोछ​। नवनियुक्त प्रमुखकार्यकारी अधिकृत भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक​,  मेघा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हाल्नु भ​एको थियो। भट्टको विभिन्न क्षेत्रमा उच्चस्तरिय र सशक्त अनुभव रहेकोछ​।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५८ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ। हालसम्म बैंकले ३लाख भन्दा बढि खाताबाट करिब रु. ३५ अर्ब निक्षेप संकलन गरी २० हजार भन्दा बढि ऋणीलाई करिब रु.३०अर्व लगानी गर्न सफल भएकोछ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *