ज्योति विकास बैंकको १२औं वार्षिकोत्सव सम्पन्न
इन्भेष्टोपेपर । श्रायण ११, २०७७
ज्योति विकास बैंकले श्रावण ९ गते शुक्रबारको दिन स्थापनाको १२औं वार्षिकोत्सव मनाएकोछ। हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो।
बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले समारोहको अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रममा विशिष्टअतिथिको रुपमा राष्ट्रियआविष्कार केन्द्रकाअध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापकअध्यक्ष तथा शेयरधनी ध्रुवउप्रेती, संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुवकुमार भट्टराई र संस्थापक शेयरधनी हरि प्रसादको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवकोअवसरमा बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ जना व्यक्तिले रक्तदान गर्नु भएकाे थियाे।
सोही समारोहमा ज्योति विकासबैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सोकेन्द्रको“ न्यानो नानी” परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेकोछ। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोगहुने राष्ट्रिय आविष्कार केन्द्रको १०वटा “न्यानोनानी” बेबीवार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो।
१२औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्घाटन गरेकोछ। कार्यक्रमका विशिष्ट अतिथि हरिप्रसादले बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल प्रविधिमार्फत सामरी, बेनी, बागलुङ, फुटुङ शाखा र घोराहि शाखास्थित बैंकको ६१औं ATM को पनि डिजिटल उद्घाटन गर्नुभएको थियो।
वार्षिकोत्सवकैअवसरमा ग्राहकवर्गहरुलाई शेयर कारोबारको लागि थप सुविधा प्रदान गर्न बैंकले “डिपि (Depository Participant) सेवा” सुचारु गरेको छ। सो सेवा ज्योति विकास बैंकको देशभरिको १०५ वटै शाखाबाट उपलब्ध हुने छ।
हाल ज्योतिविका सबैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ३७अर्ब निक्षेप संकलन गरी २० हजार भन्दा बढि ऋणीलाई करिब रु.३१अर्व लगानी गर्न सफल भएकोछ।
