अजोडले सर्वसाधारण समुहकाे शेयर जारी गर्दै, निष्काशन कम्पनी एनआईबिएल एस क्यापिटल
Investopaper, असाैज २८, २०७६
अजोड इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ। कम्पनीले ३० कराेड मूल्य बरावरकाे ३० लाख कित्ता शेयर जारी गर्न लागेको हो ।
शेयर जारी गर्नका लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्।
सर्वसाधारणकाे लागि ३० प्रतिशत अर्थात ३० कराेडकाे शेयर जारीपछि चुक्ता पुँजी १ अर्ब पुग्ने छ।
