अन्तरजातीय प्रेममा आधारित ‘धड्किरहन्छ मुटुभरी’ सार्वजनिक (भिडियाेसहित)

इन्भेष्टाेपेपर । माघ १४, २०७७

काठमाडौं —  नवादित गायिका मेलीना राईको स्वरमा ‘धड्किरहन्छ मुटुभरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा दिपेन्द्रनाथ शर्माको शब्दहरू रहेका छन भने कन्काइष्ट राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ ।

मर्मस्पर्शी शैलिको यस गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ । त्यसैगरि भिडियोको छायाँकनमा बुद्व थापा, सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन ।

भिडियोमा अन्तरजातिय माया प्रेम र्दशाइएको छ भने यसका विराेधीहरूले प्रेम छुटाउन हदैसम्मकाे करतुत गरेकाे देख्न सकिन्छ । यस गीतमा एउटा दलित केटाले खान्दानी केटीलाई समाजबाट विवाह गरेर भगाएर लगेको देख्न सकिन्छ । एक अर्काले आफ्नो माया पाउन संघर्ष गरे आफ्नो छुटै संसार बनाएका छन् ।

युवापुस्ताको प्रेम भावलाई प्रस्तुत गरेर तयार गरिएको गीतको भिडियोलाइ यस गीतका संगीतकार कन्काइष्ट राईको अफिसियल च्यानलमा अपलोड गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *