अर्थमन्त्रालयको कार्यदलले दिएका केही सुझावहरू राष्ट्र बैंकबाट कार्यान्वयन र नेप्सेमा परेको प्रभाव

Investopaper, Dec 26, 2018

काठमाडौं :  अर्थमन्त्रालयको कार्यदलले दिएको सुझाबमध्ये राष्ट्र बैंकले तत्काल समाधान गर्न सुझाइएका शेयर बजारसँग सम्बन्धित अधिकांस मागलाई संबोधन गरेको छ। कार्यदले दिएको ५८ बुँदे सुझाबहरू मध्ये २७ वटा राष्ट्र बैंकले कार्यान्वयन गर्नुपर्ने भनि उल्लेख छ।

राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ को अधिकार प्रयोग गर्दै नेपाल राष्ट्र बैंकले  सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै कार्यन्वयन गर्न भनेको हो । वुंदागतरूपमा यस प्रकार रहेका छन ।

  • शेयर धितो कर्जाको सीमा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्याइएको छ ।
  • संस्थागत निक्षेपको सीमा ४५ बाट बढाएर ५० पुर्याइएको छ ।
  • शेयर धितो ऋण दिने सीमा बढाइ, प्राथमिक पूंजीको (Core Capital) २५ प्रतिशत दिन पाउने ब्यवस्थालाई परिमार्जन गरि ४० प्रतिशत पुर्याइएको छ ।
  • रिक्स वेटेजलाई १५० बाट झारेर १०० प्रतिशत गरिएको छ ।
  • बैंकहरुलाई सहायक कम्पनी खोली शेयर ब्रोकरको काम गर्न खुला गरिएको छ।
  • मार्जिन कल गर्दा मूल्य समायोजन भए लगत्तै हकप्रद तथा बोनस शेयरलाई पनि गणना गर्ने व्यस्था गरिएको छ ।
  • आधार दर गणना विधि परिमार्जन गरि अहिलेकै अवस्थामा पनि ऋणको ब्याज ०.७५ प्रतिशत बिन्दुले कम गरिएको छ। यस अघिको आधार दर निर्धारण सम्बन्धि कार्यविधि २०६९ को बुँदा नम्बर २.५ लाई खारेज गरिएको छ ।
  • अन्तर बैंक कारोबारबाट प्राप्त सापटी रकमलाई सिसिडी रेसियो गणना गर्दा स्रोत परिचालनमा समावेश गर्न सकिने भएको छ।

अाज शेयर वजारमा पनि हरियाली छाएकाे छ । सवै समूहका कम्पनीहरूमा वढाेत्तरी देखिएकाे छ । नेप्से ३०. २६ विन्दुले उकालाे लाग्दै १२१६.२७ विन्दुमा पुगेकाे छ । त्यसैगरी १९ लाख १०३ कित्ता शेयर खरिदविक्रि भै कारेवार रकम पनि हिजाेकाे भन्दा बढेर ६९ कराेड २६ लाख २३ हजार ७४६ का भएकाे छ ।

nepse stock index

तत्काल गर्न भनि प्रतिवेदनमा उल्लेख गरिएका वांकि कामहरू पनि यथाशिघ्र समेटिनु पर्ने देखिन्छ । धिताेपत्र वाेर्डनेप्से किन सुस्ताइरहेकाछन भन्ने काैतुहल सवै लगानीकर्तामा व्याप्त छ । सम्वन्धित निकायले वेलैमा ध्यान दिनु जरूरी छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *